पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु

काठमाडौं । सल्यानमा पहिरोमा पुरिएका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पहिरोमा पुरिएका तीनै बालबालिकाको शव फेल परेको हो । गएराति बागचौर नगरपालिका १२ ओख्रेनीमा पहिरोले बालाराम डाँगीको घर पुरिएको थियो । उनका दुई छोरी र एक छोराको पहिरामा पुरिएका थिए ।

मृत्यु हुनेमा ७ वर्षीय छोरा ललित, ४ वर्षकी छोरी मेनका र १० वर्षीय छोरी ललिता रहेको प्रहरीले जनाएको छ ।उनीहरुको शव सोमबार बिहान निकालिएको हो ।

सम्बन्धित शिर्षकहरु