काठमाडौं । आइतबार उपत्यकासहित देशको धेरैजसो ठाउँमा मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्यदेखि मध्यम खालको वर्षा भैरहेको छ । आइतबार दिनभरजसो मौसम यस्तै भैरहने महाशाखाले जनाएको छ ।
आइतबार दिनभरजसो देशका विभिन्न भूभागमा सामान्यदेखि मध्यम किसिमको वर्षा हुने छ। आज दिउँसो चुरे क्षेत्र र तराइका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै, आज राति पूर्व र मध्य क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ ।
भाद्र १७ गते (आइतबार)
दिउसोः देशभरि नै सामान्य देखी पुर्ण बदलि रहि देशका धेरै जसो स्थानमा हल्का देखि मध्यम खालको बर्षा हुने सम्भाबना रहेको छ र पुर्वि, मध्य र पश्चिमि एक दुइ स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ।
रातिः देशभरि नै सामान्य देखी पुर्ण बदलि रहि देशका धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षाको सम्भावना छ साथै पुर्वि, मध्य र पश्चिमि भु-भागका एक दुइ स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको छ।
भाद्र १८ गते (सोमबार)
दिउसोः देशभरि नै सामान्य देखी पुर्ण बदलि रहि देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा र पूर्वका केहि स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भाबना छ । साथै मध्य र पश्चिमका एक दुइ स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ।
रातिः देशभरि नै सामान्य देखी पुर्ण बदलि रहि देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा र पूर्वका केहि स्थानमा हल्का देखि मध्यम खालको बर्षा हुने सम्भाबना छ।
भाद्र १९ गते (मंगलबार)
दिउसोः देशभरि नै सामान्य देखी पुर्ण बदलि रहि देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भाबना छ । साथै पुर्वि, मध्य र पश्चिमि भु-भागका एक दुइ स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ।
रातिः देशभरि नै सामान्य देखी पुर्ण बदलि रहि देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।








