
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सकिएको छ । बिहिबार बालुवाटारमा बसेको बैठकले पार्टी एकता गर्ने दुई पार्टीबीचको सहमतिलाई अनुमोदन गरेको छ । पर्वनिर्धारित कार्यतालिका अनुसार एकता संयोजन समितिको बैठकपछि अब दुवै पार्टीको छुट्टाछुट्टै बैठक बसेर पार्टी विघटन गर्ने र त्यसपछि आजै एकता घोषणा हुनेछ ।
एमाले र माअोवादी दुवैले एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरिसकेका छन् । एकतापछी बन्ने नयाँ पार्टीको स्थायी कमिटी ४३ सदस्सीय हुनेछ । जसमा एमालेबाट २५ जना र माओवादीबाट १८ जना रहनेछन् । त्यस्तै केन्द्रीय समितिमा ४४१ जना रहने छन् जसमा एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय जना रहने छन् ।








