फोहोर बोकेको टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

नुवाकाेट–ककनी गाउँपालिका अन्तर्गत ओखरपौवा महाँलक्ष्मी मन्दिर नजिक टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट फोहोर लिएर जाँदै गरेको बा २ ख ६११८ नम्बरको टिपरको ठक्करबाट ककनी गाउँपालिक–१ कागतीगाउँ बस्ने वर्ष ४५ का पदम बहादुर बलामीको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट साेमबार बिहान करिब ७ बजे उनको घटनास्थलमै मृत्यु भएको ककनी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष चन्द्रबहादुर बलामीले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु