काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका २ की १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १४ वर्षीय एक बालकको मृत्यु भएको छ । बालक चेतन भट्टको मृत्यु भएको हो । प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका विरुद्ध गोली चलाउँदा सो गाली लागेर एकको मृत्यु र चार जना घाईते भएको पुष्टि भएको छ ।
रदर्शनकारीले मृतकको शवसहित प्रदर्शन गरिरहेका बेला प्रहरीले शव नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा राखेको छ ।प्रहरीको गोली लागेर ८ जना घाइते भएका छन् । जसमध्ये ३ जना अवस्था गम्भीर छ । घाइतेहरुलाई महाकाली अञ्चल अस्पतालमा लगिएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ ।








