निकुञ्जबाट निस्किएको गैंडाको आक्रमणबाट एकको मृत्यु

फागुन ६ । चितवन, चितवनको माडीमा गैंडाको आक्रमणमा बुधबार बिहान एकजनाको मृत्यु भएको छ ।

माडी नगरपालिका– ५ धोवाहामा गैंडाले हानेर स्थानीय ४५ वर्षका विफल महतोको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बिहान घरबाट बाहिर निस्कने बित्तिकै चितवन निकुञ्जबाट निस्किएको गैंडाले उनलाई हानेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु