
एजेन्सी । जलवायु परिवर्तनको कारण समुन्द्रको जलस्तरमा हुने थोरै वृद्धिले पनि विश्वमा सुनामीबाट हुने क्षतिको खतरा बढ्नसक्ने एक अध्ययनले बताएको छ । समुन्द्रको जलस्तरमा वृद्धि हुँदा तटीय शहरमा खतरा पैदा हुनेबारे सबैलाई थाहा छ तर यस नयाँ अध्ययनले भने भूकम्पले ल्याउने सुनामीले तटीय शहरहरु बाहेक टाढा टाढाका अन्य शहर र बसोबासको क्षेत्रमा पनि खतरा पैदा गराउने बताएको छ ।
उदाहरणका लागि २०११ पछि तोहोकु ओकीमा गएको भूकम्प पछि आएको सुनामीबाट उत्तरी जापानका भागहरु ध्वस्त भएका थिए । यसबाट एक परमाणु संयन्त्रमा भयानक क्षति पुगेको थियो जसले गर्दा रेडियोएक्टिव प्रदुषण पनि भएको थियो । अमेरिकास्थित भर्जिनिया टेकमा सह प्राध्यापक रोवर्ट वेसले समुन्द्रमा जलस्तर बढेको कारण सुनामीको खतरा धेरै रहेको बताएका छन् । यसले भविष्यमा सानो सुनामीले पनि भयानक प्रभाव ल्याउन सक्ने देखाउँछ ।
साइन्स एडभांसेस नामक जर्नलमा प्रकाशित अध्ययनको अनुसार समुन्द्रमा जल स्तर बढनाले पुरै विश्वमा सुनामीको खतरा बढ्ने छ । यस अध्ययनका लागि शोधकर्ताहरुले चीनस्थित मकाउमा रहेको जलस्तरमा कम्प्युटरबाट सुनामी बनाए र त्यसले जल स्टरमा डेढ देखि तीन फुटसम्म वृद्धि भएको थियो । दक्षिणी चीनमा रहेको मकाउ अत्याधीक जनघनत्व रहेको तटीय क्षेत्र हो जसलाई सामान्यतय सुनामीको खतराबाट सुरक्षित मानिन्छ ।
अध्ययनमा देखाइएको थियो समुन्द्रमा जलस्तरमा ८.८ तीव्रताको भूकम्पबाट मकाउ डुब्न सक्ने सम्भावना छ । तर कृतिम जलस्तरमा वृद्धिको कारण आएको नतिजाले टीमलाई अचम्ममा पारेको थियो । डेढ फुट वृद्धिले सुनामीको खतरा १.२ देखि २.४ सम्म बढ्यो, जब की तीन फुट वृद्धिबाट डेढ देखि ४.७ बढ्यो ।








