बुटवल । बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा विष्फोट भएको छ । विष्फोटबाट क्याम्पको शौचालयमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यलय बुटवलका डिएसपी डिलबहादुर मल्लले घटनाको पुष्टि गर्दै शौचालयमा क्षति भएपनि मानविय क्षति नभएको जानकारी दिनए । घटनाका बारेमा अनुसन्धान भइरहेको उनले बताए ।
नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा विष्फोटबाट भएको हो । घटनाको गएराति नाै बजेतिर भएकाे हाे । त्यस्तै मकवानपुरमा स्कुल बसमा आगजनी भएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित टिस्टुङमा भन्सार छुटाएर काठमाण्डौँ लगिदै गरिएको स्कुल बसमा आगजनी भएको हो ।
नेपाल बन्दको अवज्ञा गरेको भन्दै बसमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज बन्दको आह्वान गरेको छ । आगजनीका कारण बसमा क्षति पुगेको छ । तर, मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








