ललितपुर । अज्ञात समूहले ललितपुुरका तीन ठाउँमा शंकास्पद बस्तु राखेकोमा सेनाको टोलीले त्यसलाई निष्क्रिय पारेको छ । ग्वार्कोमा प्रेसर कुकर बम भेटिएको र सेनाको टोलीले मंगलबार बिहान ३ बजेतिर सुरक्षित रुपमा डिस्पोज गरेको छ ।
यस्तै थसिखेलमा र बटुकभैरवमा फोहोरको थुप्रोमा राखिएका शंकास्पद बस्तु भने प्रहरीको टोलीले बिहानै निष्क्रिय पारेको छ । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।’ ललितपुरमा बन्दको प्रभाव नपरेको र सुरक्षा व्यवस्था मजबुद बनाइएको प्रहरीले जनाएको छ ।
नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नेता पक्राउ परेको बिरोधमा मंगलबार बन्द आह्वान गरेकाले उसकै कार्यकर्ताले बमसहितका शंकास्पद बस्तु राखेको हुन सक्ने अनुमान छ ।
ललितपुरको लगनखेल बसपार्क आसपास क्षेत्रबाट बन्द गराउँदै हिँडेका तीन जनालाई पक्राउ गरिएको छ ।








