अमेरिकालाई नेपालले ३५ रनले हरायो, डेब्युमै कुशलको कीर्तिमान

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ ।शनिबार भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ । अमेरिकाबिरुद्ध जित निकाल्न करण केसी नायब बने ।

उनले ७ ओभरमा ४ विकेट लिए भने शुसान भारीले ३ विकेट लिएका छन् । त्यसैगरी सन्दीप लामिछानेले २ विकेट लिएका छन् । कुशल मल्लको खातामा पनि एक विकेट परेको छ ।

पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । १ सय ९० रन बनाउने क्रममा बिनोद भण्डारीले ५९ तथा आजै डेब्यु गरेका कुशल मल्लले ५० रनको अर्धशतकीय योगदान गरेका थिए । बलिङतर्फ अमेरिकाका स्टेभेन्सनले तीन तथा नेत्रवल्कर र थेरोनले समान दुई दुई विकेट लिए ।

कुशलले ओडिआई डेब्युमै अर्धशतक बनाउँदा सबैभन्दा कान्छो उमेर अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तमान तोडे ।

जवाफमा एक सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४. १ ओभरमा १ सय ५५ रनमा अल आउट भयो । १ सय ५५ रन बनाउने क्रममा अमेरिकाका आईजी हल्याण्डले सर्वाधिक ७५ रन बनाए भने स्ट्भेन्सनले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । १३ रन भएका बेला अमेरिकाले चार विकेट गुमाइसकेको थियो ।

सम्बन्धित शिर्षकहरु