
विराटनगर । विराटनगर महानगरपालिकाका मेयरको कार्यकक्ष नजिकै बम बिस्फोट भएको छ। आइतबार दिउँसो करिब साढे दुई बजेतिर मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर रहेको प्रतीक्षलयमा बम बिष्फोट भएको हो।
बिस्फोटबाट मेयरको गाडीसहित कार्यलयमा रहेका सोफा र सिसाहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय माेरंगले जनाएकाे छ। कार्यालय परिषरमै बम बिस्फोट भएपछि कर्मचारी र कार्यलयमा सेवा लिन आएका सेवाग्राहीमा भागदौड मच्चिएको थियो। अहिले कार्यालयलाई प्रहरीले घेराबन्दी गरेर राखेको छ। बम कसले बिस्फोट गराएको हो भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन।
‘मान्छे कसैलाई केही भएको छैन। बम विस्फाेट भएकाे स्थानमा पर्चा पम्प्लेट केही भेटिएको छैन’, माेरंग प्रहरी प्रमुख एसपी मनाेज केसीले भने, ‘के उद्देश्यले कुन समूहले विस्फाेट गराएकाे हाे हामी खाेजी गरिरहेका छाैं।’








