कहाँ गए उनीहरू ?

दमक । झापामा प्रत्येक वर्ष महिला तथा बालबालिका हराउने क्रम बढेको छ । तीमध्ये हरेक वर्ष सरदर एक सय ४० भन्दा बढीको अवस्था अज्ञात छ । पछिल्लो ४ वर्षको प्रहरी तथ्यांकले ५ सय ६४ जना बेपत्ता भएको देखाएको छ। कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उनीहरूको अवस्थाबारे कुनै निकायसँग जानकारी छैन। जिल्लामा २०७१/७२ मा तीन सय ३० महिला तथा बालबालिका हराएका थिए। तीमध्ये ६० भेटिए। एक सय ७० जना बेपत्ता छन्। ०७१/७२ मा तीन सय ५५ जना हराएको निवेदन परेको थियो।

२ सय ३६ जना मात्र फेला परे। एक सय १९ जना बेपत्ता छन्। ०७३/७४ मा अघिल्लो वर्षको तुलनामा हराउनेको संख्या बढेर ४ सय २८ पुग्यो। २ सय ७६ जना फेला परे पनि एक सय ५२ जना अझैसम्म बेपत्ता छन्।

महिला तथा बालबालिका हराउने क्रम थामिएको छैन। यो संख्या ०७४/७५ मा ५ सय १२ पुगेको छ। तीन सय ८८ फेला परे पनि एक सय २४ जनाको अवस्था नखुलेको प्रहरीले जनाएको छ। डीएसपी जितेन्द्र बस्नेतले पछिल्लो समय यो विषय अति गम्भीर रूपमा देखा परेको बताए।

उनले भारतसँगको खुला सिमाना, वैदेशिक रोजगारी र सामाजिक सञ्जालका कारण महिला तथा बालबालिका हराउने क्रम बढदै गएको बताए।

सम्बन्धित शिर्षकहरु