
इन्डोनेसिया । इन्डोनेसियाको लोम्बक टापूमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ९८ पुगेको छ। भूकम्पले घर ध्वस्त हुँदा करिब २० हजार परिवार घरबारविहीन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
अमेरिकी भूगर्व विभाग (यूएसजीएस) ले ७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। भूकम्पको केन्द्रविन्दु लोम्बकको सतहबाट १० किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पबाट भयभीत मानिस रातारात अग्ला सुरक्षित स्थानमा गएका थिए।
भूकम्पबाट प्रभावितहरूको उद्धार तथा रातह वितरण भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। एक हप्ता पहिले पनि सोही क्षेत्रमा आएको भूकम्पका कारण १७ जनाको मृत्यु भएको थियो।








