काठमाडौं । बालगायक अशोक दर्जीको दोस्रो गीत “झिलमा फुलु”को भिडियो प्रिमियर गरिएको छ । कोशी भिजन फिल्मले निर्माण गरेको भिडियो उर्लाबारीमा एक कार्यक्रमका बीच मेयर खड्ग फागोले ल्यापटपमा भिडियो क्लिक गर्दै प्रिमियर गरिएको हो। भिडियोमा गायक अशोक दर्जीका साथी भुइकठहर उर्फ स्माईल धिमालले अभिनय गरेका छन् ।
हाल जापानमा रहेका गीतकार मन्जुल मितेरीले यस गीतलाई लेखेका हुन्। गीतकार मितेरीका अनुसार स्माईलको जिवनमा आधार रहेर गीतको रचना गरिएको हो।
टिकारामसँगै उनका प्रिन्सीपल दिपक न्यौपान, कौशीला राई लगायतले अभिनय गरेका छन्। यस गीतलाई छायांकार उज्जवल बल तामाङले खिचेका हुन् ।








