भारतीय प्रधानमन्त्री मोदी भदौमा फेरी नेपाल आउँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौमा नेपाल आउने भएका छन । नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् ।

भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरूका कार्यकारी सरकार प्रमुख नै सहभागी हुने भएपछि मोदी पनि नेपाल आउन लागेका हुन् । यसअघि गत वैशाख २८ गते दुईदिने भ्रमणमा मोदी नेपाल आएका थिए ।

सम्बन्धित शिर्षकहरु