
काठमाडाैँ । न्याय परिषद्ले ७२ जना जिल्ला न्यायधीशको सरुवा गरेको छ। खुला प्रतिस्पर्धाबाट नाम निकालेका तथा नियुक्ति गरिएका ३८ जना नयाँ न्यायधीशको पदस्थापन समेत गरेको छ।
न्याय परिषदले संविधानको धारा १५०को उपधारा २ तथा न्यायपरिषद ऐन २०७३ को दफा २७ बमोजिम रिक्त रहेका जिल्ला न्यायधीश पदमा पदस्थापना तथा सरुवा गर्न प्रधानन्यायधीश समक्ष सिफरिस गरेको हो।
शुक्रबार बसेको परिषद्को बैठकले सरुवा र पदस्थापन गरेको हो। नियमित प्रक्रियाअनुसार नै सरुवा भएको परिषद्ले जनाएको छ।









