डा.केसीलार्इ जबर्जस्ती काठमाडाैँ ल्याउन हेलिकोप्टरसहित सरकारी टोली जुम्लामा

काठमाडाैँ । जुम्लामा अनसरत डा.गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन शिक्षा सचिव खगराज बराल नेतृत्वको सरकारी टोली हेलिकोप्टरबाट जुम्ला पुगेको छ। चिकित्सा शिक्षा विधेयक फिर्ता नभए आफू काठमाडौं नआउने अडानमा रहेका डा.केसीलार्इ उनका इच्छाविपरित सरकारले काठमाडाैं ल्याउने तयारी गरेकाे हाे।

बिहीबार शिक्षा मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलनमा डा.केसीकाे स्वास्थ्य अवस्था जटील बनेकाले ‘जीवन रक्षा’का लागि सरकारले टोली जुम्ला पठाएको शिक्षामन्त्री गिरिजामणि पोखरेलले बताए। डा.केसीको थप उपचारका लागि उनलाई काठमाडौं ल्याउन लागिएको उनले जानकारी दिए।

उनले भने, ‘संसदमा विचाराधीन विधेयक फिर्ता हुँदैन।’

सम्बन्धित शिर्षकहरु