माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको अर्थात् स्थायी समितिको बैठक सम्पन्न भएको छ । प्रचण्ड नेतृत्वमा एमालेसँग एकतामा जान नमानेको पूर्व माओवादीको एक समूहले नेतृत्व गरेको उक्त पार्टीको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

पार्टीका स्थायी समिति सदस्य तथा प्रदेश न. ५ का संयोजक आलोक रायमाझीका अनुसार बैठकले शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएका विकृति र विसंगतिविरुद्ध संघर्ष गर्ने र अनशनरत डा. केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउने निर्णय गरेको जानकारी दिए । बैठकले डा. केसीको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ ।

डा.केसीको आन्दोलनलाई केहि राजनैनिक पार्टीले नाजायज ढंगले पार्टीकरण गर्न खोजेकोप्रति आपत्ति जनाउँदै डा. केसीको जीवनरक्षाका निम्ति बैठकले माग गरेको रायमाझीले जानकारी दिए ।

‘वर्तमान नेपालको कानुनले दिएको कुटनैतिक नियोगले खोल्न पाउने एउटा विद्यालय बाहेकका भारत सरकारको मातहतका १३ वटा विद्यालयहरुलाई सम्बन्धत दिइएकोमा गम्भीर आपत्ति जनाइएको छ,’ रायमाझीले भने, ‘यस्ता खाले निर्णयले नेपालको सार्वभौमिकता साथै राष्ट्रियतामा गम्भीर दीर्घकालीन असर पुर्‍याउने निष्कर्ष निकालेका छौं ।’

बैठकले गैरकानुनी र राष्ट्रघाति निर्णयलाई तुरुन्तै खारेज नगरे बाध्य भएर आन्दोलनमा जाने निर्णय गरेको रायमाझीले जनाए ।

सम्बन्धित शिर्षकहरु