अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली बर्खास्त

काठमाडौँ । विश्वकपमा खराब खेल प्रदर्शन गरेपछि सर्वत्र आलोचित बनेका अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीलाई अर्जेन्टाइन फुटबल एसोसियसनले बर्खास्त गरेको छ । विश्वकपको समुह चरणको खेलमा आइसल्याण्डसँग एकएक गोलको बराबरी, क्रोएसियासँग ३-० गोलले पराजित र नाइजेरियालाई २-१ गोलले जित दर्ता गरेको अर्जेन्टिना अन्तिम १६ मा फ्रान्ससँग ४-३ गोलले पराजित भएको थियो ।

चिली तथा सेभिल्लामा सफलता हात पारेपछि उनलाई अर्जेन्टिनाको जिम्मेवारी दिइएको थियो । अर्जेन्टाइन फुटबल एसोसियनले एक विज्ञप्ति जारी गर्दै जर्ज साम्पाओलीलाई प्रशिक्षकबाट बर्खास्त गरेको जनाएको हो ।

एक पुन अर्जेन्टिनाको प्रशिक्षकको जिम्मा कसले सम्हाल्ने हो बहस सुरु भएको छ ।

सम्बन्धित शिर्षकहरु