
काठमाडौं । प्रतिनिधिसभाले संसदीय सुनुवाई समितिमा रहने १५ जना प्रतिनिधिसभा सदस्यको नाम स्वीकृत गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यस समितिमा रहने सदस्यको नाम स्वीकृत गरेको हो । समितिमा नेकपाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पूर्णकुमारी सुवेदी, योगेश कुमार भट्टराई, शिवकुमार मण्डल, सुरेन्द्रप्रसाद पाण्डे रहेका छन् । त्यस्तै नेपाली काँग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्की, भिमसेनदास प्रधान र पुष्पा भुसाल गौतम रहेका छन् । राजपाबाट लक्ष्मणलाल कर्ण र संघीय समाजवादी फोरमबाट राजेन्द्रप्रसाद श्रेष्ठ उक्त समितिको सदस्य बनेका छन् ।
समितिका लागि राष्ट्रिय सभाबाट तीन जनाको नाम स्वीकृत भएको छ । जसअनुसार नेकपाबाट सुमन प्याकुरेल र नन्दा चपाइँ समितिको सदस्य बनेका छन् भने नेपाली काँग्रेसबाट जितेन्द्र देव यस समितिको सदस्य रहेका छन् ।








