
काठमाडाैँ । डाक्टर लिएर चितवन जानका लागि ग्राण्डी अस्पताल पुगेको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ।
कलसाइन ९एन–एएलअार भएकाे हेलिकोप्टर शनिबार दिउँसो साढे दुई बजे ग्राण्डी अस्पतालको छतमा अवतरणका क्रममा दुर्घटनामा परेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।
बिरामी लिनका लागि काठमाडौंबाट डाक्टरसहित चितवन जानका लागि अवतरण हुने क्रममा हेलिकप्टर दुर्घटना भएको उनले बताए।
४ सिट क्षमता रहेको उक्त हेलिकोप्टर दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि हेलिकप्टर भने क्षतिग्रस्त भएको छ। हेलिप्टर अवतरण गर्दा एक तला तल झरेको एसएसपी पोखरेलले जानकारी दिए।








