‘विश्वकप नजिती सन्यास लिन्न’

काठमाडौँ । रसियामा जारी २१ औ संस्करणको विश्वकपमा अर्जेन्टिना झुर खेल प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा आइसल्याण्डसँग बराबरी खेल खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोसियासँग लज्जास्पद हार भोग्यो । लियोनल मेस्सीले विश्वकपबाट बाहिरिए लगत्तै सन्यास लिने हल्ला चलिरहँदा उनले सन्यास नलिने बताएका छन् । आइतबार ३१ वर्षका लागेका उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘विश्वकप जित्ने सपना अझै बाँकी रहेको छ । यसले अर्जेन्टिनालाई एक विशेष सम्मान प्रदान गर्नेछ । मेरो सन्यास लिने कुनै मनसाय छैन ।’ विश्वकपमा अर्जेन्टिनाले मंगलबार नाइजेरियासँग आमने सामने गर्दैछ ।

उनको पछिल्लो प्रतिक्रिया अनुसार सन् २०२२ को विश्वकप पनि खेल्नेछन् ।

सम्बन्धित शिर्षकहरु