
काठमाडौं । चार दिनदेखि सुन एउटै मूल्यमा किनबेच भईरहेको छ । गत बिहीबारदेखि छापावाला सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा किनबेच भईरहेको छ ।
चाँदीको भाउ भने आज तोलामा पाँच रुपैंइाले बढेर प्रतितोला ७७० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।








