काठमाडौं । वरिष्ठ न्युरो सर्जन स्वर्गीय डा.उपेन्द्र देवकोटालाई शुभेच्छुक र आफन्तले श्रदाञ्जली दिएका छन् । काठमाडौंको बाँसबारीस्थित आफ्नै न्युरो अस्पताल प्राङ्गणमा आज बिहानैदेखि शुभेच्छुकले श्रद्धाञ्जलि दिएका हुन् । डा.देवकोटाको शवलाई दिउँसो १ बजेसम्म श्रदाञ्जलिका लागि शव राखिनेछ । स्वर्गीय देवकोटाको शिरमा ढाका टोपी लगाइएको छ ।
श्रदाञ्जलिका लागि नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई न्युरो अस्पताल पुगेका थिए । डा.भट्टराई देवकोटाका सहपाठी हुन् । नेपाल कम्यनिस्ट पार्टीका नेता योगेश भट्टराई पनि श्रदाञ्जलिका लागि न्युरो अस्पताल पुगेका छन् । डाडादेवकोटाको सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको थियो ।







