यतिको विमान अवतरणका क्रममा ‘हाइड्रोलिक फेल’ भएपछि…

पोखरा । पोखरा विमानस्थलमा यती एयरलाइन्सको जेटस्ट्रिम जहाज अवतरण पछि पार्किङमा लैजाने क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको छ। काठमाडौंबाट ६ जना विदेशी र बाँकी स्वदेशी गरि ३० जना यात्रु बोकेर आएको उडान नम्बर ६८१ को ९ एन–एएचयू कलसाइनको जहाज धावनमार्ग छाडेर घाँसे मैदानमा पुगेको हो।

रनवेभन्दा निकै तल पुगेको उक्त विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् । काठमाडौंबाट यात्रु लिएर पोखरा गएको उक्त विमान अवतरण गरेलगत्तै सी ट्रनिङ लिने क्रममा हाइड्रोलिक फेल भएर रनवे बाहिर गएको बताइएको छ ।

विमानस्थलका सूचना अधिकृत काशिराम पौडेलका अनुसार दिउँसो २:४५ मा जहाज अवतरण गरेको थियो। उनका अनुसार जहाजको पिच भाग छाडेर झन्डै २० मिटर बाहिर घाँसे मैदानमा पुगेको छ। जहाज चिप्लिएपनि विमानस्थल भने सूचारु छ।

सम्बन्धित शिर्षकहरु