‘अलकायदा’लाई सहयोग गरेको आरोपमा काठमाडौंबाट २० जना पक्राउ

मंसिर २१ ।अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘अलकायदा’ सम्बद्ध व्यक्तिले नेपालमा बसेर आतंकवादी आक्रमण योजना बनाइरहेको भन्दै प्रहरीले काठमाण्डौबाट विदेशीसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

‘अलकायदा’ सम्बद्ध व्यक्तिले धर्मको आवरणमा नेपालमा बसेर आतंकवादी आक्रमण योजना बनाइरहेको सूचनाका आधारमा सुरक्षा निकायले काठमाडौं उपत्यकाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजीले विज्ञानराज शर्माले आपराधिक गतिविधि बुनिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनु भयो ।

शुक्रबार प्रहरीको विशेष अप्रेसनमा पक्राउ पर्नेमा १२ भारतीय, ५ पाकिस्तानी र २ नेपाली छन् । आतंकवाद र अन्तरदेशीय अपराध हेर्ने प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार दिउँसोबाट राति अबेरसम्म विशेष अप्रेसन सञ्चालन गरी काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

विश्वस्त श्रोतका अनुसार उनीहरु ‘कल्की अवतार फाउन्डेसन’ नामक संस्थाको आडमा नेपालमा बसेर योजना बनाइरहेको सूचना प्रहरीमा पुगेको थियो ।

 

सम्बन्धित शिर्षकहरु