
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले काँग्रेसलाई संसद छाडेर बाहिर जान मन भए ढोका खुला रहेको बताएका छन् ।
शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले सत्ता बाहिर भएकाले काँग्रेस छट्पटाएको उल्लेख गेदै संसद छाड्ने घुर्की लगाएको बताएका हुन् । उनले संसद छाड्न मन लागे ढोका खुला रहेको भन्दै घुर्की नदेखाउन चेतावनी दिए ।
काँग्रेस नेता मीनेन्द्र रिजालले बिहीबार संसद बैठकमा कम्युनिष्ट सरकारले प्रतिपक्षलाई अपमान गरेको भन्दै संसद छाडेर जान सक्ने बताएका थिए । भट्टराईले नेता रिजालप्रति कटाक्ष गर्दै यस्तो चेतावनी दिएका थिए ।








