
काठमाडाैँ । इन्डियन प्रिमियर लिग आइपीएलमा अबैध सट्टेबाजी गरेको आरोपमा बलिउड अभिनेता तथा निर्देशक अरबाज खान पक्राउ परेका छन्। उनी बलिउडका प्रशिद्ध अभिनेता सलमान खानका भाई हुन्। उनलाई शुक्रबार मुम्बई बान्ड्रा स्थित उनको घरबाट प्रहरीले सोधपुछका लागि पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।








