यी हुन् विश्वकपको एकै खेलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी

एजेन्सी । विश्वकपमा केही यस्ता रोमाञ्चक घटनाहरु रहेका छन् जसबारे कमैलाई जानकारी छ । विश्वकपमा प्रभावशाली देशबारे प्राय धेरै कुरा थाहा हुन्छ । तर, केही यस्ता देशहरु र ती देशका खेलाडीहरु रहेका छन् जसले केही आश्यर्चलाग्दा रेकर्ड बनाएका छन् । विश्वकपमा एकै खेलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी को हुन् ? यो रेकर्ड बनाउने खेलाडीको बारेमा समेत कमैलाई थाहा छ ।

रसियन स्ट्राइकर ओलेग सालेन्कोले सन् १९९४ को विश्वकपमा क्यामरुन विरुद्धको खेलमा ५ गोल गरेका थिए । जुन अहिलेसम्म कायमै रहेको छ । सो खेलमा रसिया ६–१ ले विजयी हुदा सालेन्कोको ५ गोल थियो

त्यस्तै अर्को रोमाञ्चक रेकर्ड बनेको थियो सन् १९८२ को विश्वकपमा । एउटा विश्वकपको धेरै गोल भएको खेलमा पर्छ हङगेरी र एल साल्भाडोर । सन् १९८२ को विश्वकपमा हङगेरीले साल्भाडोरलाई १० गोल गरेको थियो । जुन अहिलेसम्म तोडिन सकेको छैन ।

सम्बन्धित शिर्षकहरु