
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षले सरकारका विषयमा असहमति जनाउँदा कुनै आपत्ति नहुने बताएका छन् ।
नीति तथा कार्यक्रमका विषयमा उठेका प्रश्नहरुमाथि जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘सरकारका विषयमा असहमति जनाउन पाइन्छ । त्यो व्यवस्थामा उल्लेख छ । त्यो कुन अवस्थामा कसरी गर्ने भन्ने हो । नाच्न पाउने अधिकार छ । तर, अगाडी आएर छमछमी नाच्ने होइन ।’
प्रधानमन्त्री ओलीले सामाजिक विकृति र कुसंस्कारविरुद्ध सरकार आक्रमक ढंगले प्रस्तुत हुने बताए । सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।








