प्रदेश नं. २ को प्रदेशसभाको प्रथम अधिवेशन सम्पन्न

काठमाडाैं । प्रदेश नम्बर २ को प्रदेशसभाको प्रथम अधिवेशन सकिएको छ । बिहीबार बसेको प्रदेशसभाको २६ औं बैठकमा राति १२ बजेपछि लागु हुने गरी प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको घोषणा गरिएको हो ।

बिहीबारको बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पठाएको पत्र सभामुख सरोजकुमार यादवले पढेर सुनाउँदै पहिलो अधिवेशन अन्त्य भएको घोषणा गरे । बैठकले प्रदेशसभाको नियमावलीसम्बन्धी विधेयक सर्वसम्मतले पारित गरेको छ ।

प्रथम अधिवेशन सकिंदा सरकारले पेश गरेको आठ विधेयकमध्ये दुईवटा सभाबाट पारित भई प्रमाणीकरण समेत भइसकेको छ भने दुईवटा विधेयक प्रक्रियामा रहेको छ । चारवटा विधेयक सचिवालयमा दर्ता भएका छन् । त्यसैगरी प्रदेश २ को प्रदेशसभामा प्रमुख विपक्षी दलको नेताका रुपमा नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई मान्यता प्रदान गरिएको छ ।

सम्बन्धित शिर्षकहरु