महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६२ औँ जन्म जयन्ती सिड्नीमा भब्यताका साथ सम्पन्न भएको छ। बुद्ध दर्शन समिती र विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा आज ६ मे २०१८ आईतबार होल्बिच एभेन्यु,टेम्पे रीजर्व पार्कमा सो कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रममा बुद्ध दर्शन समिती ,तमु समाज सिड्नी,तामाङ्ग समाज न्यु साउथ वेल्स ,रुपन्देही सामाजिक सञ्जाल,गैर आवाशिय नेपाली संघ अष्ट्रेलिया,नेपाली रिक्रियसन क्लव,गुठि अष्ट्रेलिया, थकाली समाज, मगर समाज लगायतका संस्थाहरुको सक्रिय सहभागिता रहेको थियो।
सो कार्यक्रमको लागि नेपालबाट आउनुभएका लामा गुरु लोपेन छुल्टिन दोर्जे बाट कार्यक्रमको पहिलो चरणमा बुद्ध पुजा गरिएको थियो भने पुजा लगत्तै उहाँले प्रवचन दिनुभएको थियो। “लामा गुरु लोपेन छुल्टिन दोर्जेले बुद्धका केहि उपदेशहरु अहिलेका मानवले अनुशरण गर्न सके मानव कहिल्यै दुखि नहुने बताउनुभयो सो प्रवचनकै क्रममा उहाँले आफ्नो सत्रु भनेकै आफ्नै रिस हो र रिसलाई त्याग्न सके यो संसार आफैमा सुन्दर हुन्छ भन्नुभयो। “
सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनुभएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम लक्कि शेर्पा ज्यूले सम्बोधन गर्दै अब विश्व भर छरिएर रहेका सबै नेपालीहरु एकजुट हुंदै बुद्धका उपदेशहरुलाई संसार भर फैलाउनु पर्नेमा जोड दिनुभयो। शान्तिका अग्रदूत भगवान गौतम बुद्धले दिनुभएको शिक्षा हामी सबै नेपालीहरुले अब संसारका अरु मानवहरुलाई सिकाउंदै हाम्रै देश नेपालमा संसारका थूप्रै मानिसहरुलाई पर्यटकको रुपमा भित्राउन सकिए नेपाल समृद्धि तर्फ पनि लम्कन सक्छ भन्नुभयो।
न्यु साउथ वेल्सका लागि महावाणिज्यदूत दिपक खड्काले हाम्रा आउंदो पुस्ताहरुलाई बुद्ध दर्शन र शिक्षाको महत्व सिकाउनुपर्नेमा जोड दिनुभयो। बुद्ध दर्शन समितीका अध्यक्ष तथा सो कार्यक्रमका संयोजक निमा ग्याल्जे शेर्पाले बुद्ध दर्शन समितीको पहल तथा अष्ट्रेलियामा बस्ने नेपालीहरु सबैको सहयोगमै गौतम बुद्धको एक भवन केन्द्र निर्माण गरिने समेत बताउनुभयो। सो कार्यक्रममा आउनुहुने सबै संघ संस्थाका पदाधिकारीहरुलाई उहांले धन्यबाद दिंदै आभार व्यक्त गर्नुभएको थियो।सो कार्यक्रममा ग़ैर आवासीय नेपाली संघ अष्ट्रेलियाले नि:शुल्क यातायातको व्यवस्था गरेको थियो भने रुपन्देहि सामाजिक संजालले पानीको व्यवस्था गरेको थियो।सो कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लुका महासचिव महेश्वर शर्माले गरेका थिए।
सो कार्यक्रममा विश्व शान्ति परिषदका शान्तिदूत आचार्य राजन शर्माले विपासना गराउनुभएको थियो। प्रसाद ग्रहण गरिसके पश्चात बुद्धको जीवनी संग सम्बन्धित फोटो प्रदर्शनि गरियो भने सोहि कार्यक्रममा शान्ति र्यालि समेत गरिएको थियो। विगतको वर्ष जस्तै यस बर्ष पनि बुद्ध कप फुटबल खेलिएको थियो। सो कार्यक्रममा रन्जु वाग्ले,नेपाली समुदायका अगुवा नारायण प्रधान, लिला प्रधान,एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा स्टेट कोर्डिनेटर नन्द गरुङ्ग, सचिव देव गुरुङ्ग,प्रकास पौडेल,रुपन्देही सामाजिक संञ्जाका अध्यक्ष कृष्ण गैरे, नाइफाका प्रवक्ता दिवाकर काफ्ले,अरुण तामाङ्ग,सुदिप गैचन,अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमीरे, समाज सेवि दिनेश पोखरेल,लगायत थूप्रै नेपाली समुदायहरुको बाक्लो उपस्थिती रहेको थियो।









