काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका आरोपी चितवन जगतपुर ७ का प्रहरी हवल्दार अमरबहादुर थापालाई आइतबार जिल्ला अदालत मोरङमा उपस्थित गराउने तयारी भएको छ । सुन प्रकरणमा मुछिएका उनी शनिबार मोरङ प्रहरीको सम्पर्कमा आएका थिए । थापालाई हेडक्वाटरले फिर्ता बोलाएपछि प्रहरीको सम्पर्कमा आएका हुन् । विदेशमा रहेका उनी प्रहरीकाे सम्पर्कमा आएका हुन् ।
योसँगै सुन प्रकरण र सनम शाक्य हत्याकाण्डसँग जोडिएका ३० जना प्रहरी नियन्त्रणमा पुगेका छन् । अझै ३३ जना फरार छन् । गत बुधवार प्रहरीले ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘अपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोवार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।
बिहीबार र शुक्रबार ५ जनासँगको वयान सकिएको छ भने आजबाट थप आरोपितसंग बयानको क्रम शुरु हुनेछ । उनीहरु विरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा विगो माग दाबी गरिएको छ । यस काण्डका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ र एसएसपी श्यामबहादु खत्री सहित ३३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
कहाँ गयो त ३३ किलो सुन ?
विमानस्थलबाट बाहिरिएको सुन अनामनगरमा लुटिएको बयान दिनेहरुले उल्लेख गरेका छन् ।
तर कसले लुटेको भन्ने कुरा पत्ता लाग्न सकेको छैन ।
विमानस्थलमा कार्यरत वीरेन्द्रमान श्रेष्ठले बयानमा भनेका छन्– त्यसपछि गोपाल कुमार श्रेष्ठले के कसरी काम मिलाए पछि पुनः सुन ल्याउने कार्य शुरू भयो । यस्तै क्रममा मिति २०७४।१०।०७ गते म घर बिदा बसि काममा आँउदा फेरि सुन तस्करीको काम शुरू भएछ । मिति २०७४।१०।०९ गते (जनवरी २३, २०१८) पनि १२ (बाह्र) पिस सुन आउँदै छ भन्ने जानकारी भई पहिले जस्तै गरी निकालेको सुन उक्त दिन साँझ ग्यारेजबाट तक्ले भन्ने पुण्य प्रसाद लामा तामाङ र सानु बनले निकाली अन्दाजी १९ः१५ समयमा पु¥याउन जाँदै गर्दा मोटरसाईकमा आएका ८÷१० जना केटाहरुको समुहले सानु बनको मोटरसाईकल सहित लुटेर लग्यो भन्ने कुरा थाहा पाए । त्यसको ३ (तीन) दिन पछाडि गोरे भन्ने चुडामणी उप्रेतीका केटाहरूले हामीलाई बिभिन्न ठाउँमा बोलाएर सुन हराएको बिषयमा सोधी खोजी गर्न थाल्यो ।”
अर्का तक्ले भन्ने पुण्यप्रसाद लामाले आफ्नो बयानमा भनेका छन्–
सन २०१८ जनवरी २३ तारिखको दिन बिहान म अफिस पुग्दा थाई एयरलाईन्सबाट आज फेरि सुन आउदैछ भन्ने कुरा गोपाल कुमार श्रेष्ठ र सानु बन सर मार्फत मैले थाहा पाए । सबैलाई तयारी हुनु भन्नु भयो । दिउसो १२÷१ बजे थाई एयरको टीजी ३१९ को बिमान ल्याण्ड भएपछि पहिले जस्तै गरी सुन भर्याङसम्म आईपुग्यो र झिके पछि १२ पिस सुन रहेको कुरा मलाई पनि थाहा भयो । साझ अं.५ः०० बजे पछि सानु बनले सरले मलाई सुन पु¥याउन जानु पर्छ भनेपछि सुन लुकाएको ज्याकेट मैले लगाएँ र सानु बन सर र म छुट्टा छुट्टै मोटरसाईकलमा सानु बन सरको घरमा पुगी ज्याकेटबाट सुन निकाली सानु बन सरको मोटरसाईकलको तेलको ट्यांकीमा सुनको पिसहरू लुकाई सुन पुर्याउन अनामनगर आ–आफ्नो मोटरसाईकलमा गयाँै ।
अनामनगरमा हामीले सुन दिनको लागि मोटरसाईकल छिराउने सटर अगाडि २ वटा जति मोटरसाईकल र ३÷४ जना मानिसहरू भेला भएको देखेपछि सानु बन सर अगाडि अगाडि र म पछिपछि मोटरसाईकल चलाई उक्त सटर क्रस गरेर अगाडि गयौ । केहि अगाडि पुगेपछि सानु बन सरले मोटरसाइकल रोके पछि म निजलाई क्रस गरेर १० ÷ १५ मिटर अगाडि गई मोटरसाईकल रोकी मैले निजको मोबाइल नं.९८४१५२२३१५ मा मेरो मोबाइल नं.९८४९९९९११८ बाट फोन गरी किन के भयो ? किन मोटरसाईकल रोक्नु भएको भनी सोध्दा यहा खतरा छ जस्तो छ तिमी यहाँ बाट गई हाल भने पछि म मोटरसाईकलमा चलाई झन्डै ५०० मिटर जति अगाडि एउटा चौकमा पुगेपछि के गर्ने भनेर अन्यौल भए पछि मोटरसाईकल रोकी पुनः सानु बन सरलाई फोन गरँे, फोन लागेन ।
सोहि समयमा भित्रको गल्लीबाट एउटा स्कुटीमा सानु बन सर पछाडि बसी आई मैले मोटरसाईकल रोकेको ठाउबाट क्रस गरेर देब्रे मोडी पुरानो बानेश्वर तिर गए पछि मैले फेरि सानु बन सरलाई फोन सम्पर्क गर्ने प्रयास गरे फोन लागेन । मैले मोटरसाईकलबाट पिछा गर्ने प्रयास गरे तर मेरो मोटरसाईकल स्टार्ट गरी अगाडि बढेर हेर्दा कुन गल्ली बाट कता तिर छिरे मलाई थाहा भएन । त्यस पछि सम्बिर प्रसाद तोलाङलाई फोन गरेर सानु सरको फोन लागेन सानु बन सर एक जना मान्छेको स्कुटीमा बसेर जानु भएको छ, के भएको बुझ भनेर भने र म अफिस जादै गर्दा सानु बन सरले फोन गरेर मलाई तिमी कहाँ हो भनेर सोध्नुभयो, मैले सिनामंगल पुलमा छु भन्दा त्यसो भए अफिस तिर जाऊ भनेर फोन राखी हाल्नु भयो । म अफिसको सिनांगलको पट्टि गेटमा पुग्ने बेलामा सानु बन सरले फेरि फोन गरेर तिमी अफिसमा छिर भित्र सेभ हुन्छ भनेर भन्नु भयो । म ७ः३० बजेको समयमा अफिसमा पुग्दा गोपाल कुमार श्रेष्ठ सरले मलाई सानु बनले भनेको सुन त लुटियो रे त ? बाटोमा के–के भयो भनेर सोध्नुभयो । मैले बाटोमा भएको कुरा सुनाए, अनि म आफ्नो काममा लागे ।”








