नेपालमा थप एक जनामा काेराेनाकाे संक्रमण देखियाे, संक्रमितको संख्या ३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमितको संख्या तीन पुगेको छ। आज थप एक जनामा काेराेनाकाे संक्रमण देखिएकाे हाे।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको नमुना परीक्षणमा थप एकजनामा पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले तेस्रो व्यक्तिमा कोभिड-१९ देखिएको पुष्टि गरेका छन्।

प्रयोगशाला सूचना अधिकारी राजेशकुमार गुप्ताले मंगलबार गरिएको परीक्षणमा थप एकजनामा पोजिटिभ देखिएको बताए। बुधबार मात्रै रिपोर्ट सार्वजनिक गरिएको हो।

विस्तृत जानकारी उपलब्ध नभइसकेको भए पनि स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा पनि कोरोना संक्रमित व्यक्तिको संख्या तीन पुगेको उल्लेख छ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण भएकाे छ। जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे छ।

सम्बन्धित शिर्षकहरु