यातायात व्यवसायीको बन्द विरुद्ध सिन्डिकेट पक्षधर कम्पनी गाडी चलाउन तयार

काठमाडौं । यातायात समितिहरु खारेज गर्ने लगायतको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले शुक्रबार सार्वजनिक यातायात ठप्प बनाउने तयारी गरेपछि सिन्डिकेट पक्षधर व्यवसायीहरु भने सेवा दिन तयार भएका छन्। कम्पनीका नामबाट संचालिन सवारीसाधनले आफ्नो सेवालाई शुक्रबार निरन्तरता दिन तयार भएका हुन् ।

गाडी ग्यारेजमा थन्काएर केही व्यवसायीले सरकारलाई दबाव दिन लागेका छन्। तर, आधाजसो व्यवसायीहरु सवारी चलाउने नै पक्षमा उभिएका छन् । यातायात व्यवस्था विभागसँग आज भएको छलफलमा विभिन्न यातायात कम्पनीका प्रतिनिधीले सुरक्षाको प्रत्याभूति भएमा सबै सवारीसाधन संचालन गर्ने प्रतिबद्धता जनाएका हुन्।

सिन्डिकेट विरुद्ध सरकारी निर्णयको विरोध गर्दै आएका समिति आवद्ध व्यवसायीहरुले भोलि सम्पूर्ण सवारी साधन बन्द गर्ने निर्णय गरेसँगै विभागले कम्पनीमा दर्ता भएका व्यवसायी र ट्राफिक प्रहरीसँग गाडी संचालनका सम्वन्धमा छलफल गरेको थियो।

सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको निर्णय अनुसार नै आन्दोलनमा उत्रिएका व्यवसयीहरूले आज लामो दूरीमा चल्ने सबै गाडी ग्यारेजमा थन्काएको जनाएका छन् । रुट परमिटका लागि कम्पनी दर्ता अनिवार्य गर्दै देशभरका सडकमा रुट परमिट खुला गरेपछि सिन्डिकेट पक्षधर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।

सम्बन्धित शिर्षकहरु