मे महिनादेखि परमाणु परीक्षण स्थल बन्द–किम जोङ उन

एजेन्सी । परमाणु हतियारहरु परीक्षण गरेर विश्व त्रसित पारेको उत्तर कोरिया सबैलाई आश्चर्य पार्दै ठुलो निर्णय लिएकोछ । आगामी मे महिनाबाट उत्तर कोरियाले परमाणु परीक्षण स्थल बन्द गर्ने भएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग भएको वार्तापछि उत्तर कोरियाका नेता किम जोङ उनले यस्तो निर्णय लिएका हुन् ।
यो घोषणा वार्तामा भएको सहमति अनुसार नै भएको मिडिया रिपोर्टमा उल्लेख छ । त्यस्तै उत्तर कोरियाले आफ्नो ‘टाइम जोन’ पनि परिवर्तन गर्न लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

हाल उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा फरक छ । उत्तर कोरियाले समय परिवर्तन गरेर समान समय बनाउने तयारी गरेको हो ।

सम्बन्धित शिर्षकहरु