
एजेन्सी । हालै गरिएको एक अध्ययन अनुसार १ देखि ३ वर्ष उमेर समूहका बच्चाहरुलाई आवश्यक पर्ने पोटासियम र फाइबर आलुले पुर्ति गर्ने निष्कर्ष निकालिएको छ । अनुसन्धानकर्ताका अनुसार मानव शरीरको विकासको लागि जरुरी हुने फाईबर आलूले पुर्ति गर्छ ।
बेलर कलेज अफ मेडिसिनका अध्ययनकर्ता थेसोरा मिकलले भनेका छन्, बालबच्चाले सबै खालका तरकारी खान जरुरी हुन्छ । खासगरी पोटासियम र फाइबर पाइने तरकारी बच्चालाई एकदम जरुरी हुन्छ । र त्यसको लागि सबैभन्दा उपयुक्त आलू र त्यसका परिकार हुनसक्छ ।
उनले बच्चाहरुले अरु तरकारीहरु स्वादका हिसावले मन नपराएपनि आलु भने धेरैले मन पराउने गरेको बताए । उनी भन्छन्, त्यसैले तपाईँ फाइदा उठाउनुस् र बच्चाको खानामा आलु समावेस गर्नुस् ।








