टेलिफोन लाइनको शुल्क नतिर्दा मन्त्री क्वार्टरको गेटको टेलिफोन लाइन काटियो

काठमाडाैँ । गृहमन्त्री लगायत १८ जना मन्त्रीहरुसँग सम्पर्क जोड्ने पुल्चोकस्थित मन्त्री क्वार्टरभित्र प्रवेश गर्ने गेटको टेलिफोन लाइन समयमै शुल्क नतिरेका कारण दुर्इ हप्तादेखि काटिएको छ। ५५२१८३९ नम्बरको उक्त टेलिफोनमा मन्त्रालयमा भेट्न बोलाइएका व्यक्तिको नाम सम्बन्धित मन्त्रीको निवासबाट फोन मार्फत टिपाइन्थ्यो ।

नेपाल टेलिकमले लार्इन काटिदिएपछि मन्त्री भेट्न जानेहरु तथा क्वार्टरभित्र बस्ने सबै मन्त्रीहरुले सास्ती बेहोर्नु परेको छ । स्रोतका अनुसार, मन्त्री क्वार्टरको नाममा रहेको सो टेलिफोन लाइनको शुल्क जम्मा १ हजार ७ सय ९६ नतिर्दा त्यहाँको फोन लाइन काटिएको हो।

दुर्इ हप्ता बितिसक्दापनि महसुल तिरेर लाइन जोड्ने काम कसैले गरेका छैनन्। दुई हप्ता बितिसक्दा मन्त्री क्वार्टर प्रवेश द्वारको काटिएको टेलिफोन लाइन समेत जोड्न नसक्नुले सरकारको विकास र समृद्धिको गफलाई  चुनाैती दिइरहेको छ।

सम्बन्धित शिर्षकहरु