बलिउड अभिनेता राजपाल यादवलाई ६ महिनाको जेल सजाय

नयाँदिल्ली । बलिउड अभिनेता राजपाल यादवलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । चेक बाउन्स गरेको अभियोगमा चर्चित अभिनेता यादवलाई यो सजाय सुनाइएको हो । अदालतले उनीमाथी लागेका सात आरोपका लागि प्रति आरोप १.६ करोड भारू जरिवानाको पनि फैसला गरेको छ । अदालतले उनकी पत्नी राधाले पनि प्रति मुद्दा १० लाख भारू जरिवाना तिर्नुपर्ने आदेश सुनाएको छ ।

दुईवटा चेक बाउन्स मुद्धासँग सम्बन्धित सात मामिलामा उनलाई यो सजाय फैसला भएको हो । उनले जरिवाना स्वरूप कुल ११.२ करोड भारू जरिवाना भरपाइ गर्नुपर्नेछ ।

अदालतले यस्तो सजाय सुनाए पनि तुरून्तै जमानत प्राप्त भएकाले जेल जानबाट भने उनी हाललाई बचेका छन् । राजपालले आफू यस फैसलाबाट असन्तुष्ट रहेकाले अदालतको उच्च सम्मान गर्दै उच्च अदालत जाने बताएका छन् ।

अदालतले गएको साता नै उनी र उनकी पत्नीलाई दोषी ठहर गरेको थियो । राजपालले ८ वर्ष अगाडि निर्माण गरेको ‘अता पता लापता’ निर्माणका लागि ५ करोड भारू ऋण लिएका थिए ।

ऋण फिर्ता गर्नका लागि उनले दिएका दुई चेक बाउन्स भएपछि राजपालविरूद्ध अदालतमा मुद्दा परेको थियो । उनलाई यही मुद्दाका कारण सन् २०१३ मा चार दिन जेलसमेत बस्नुपरेको थियो ।

सम्बन्धित शिर्षकहरु