
एजेन्सी । घरबाहिरको सुन्दर र शानदार समय बिताउन मानिसहरु होटल जाने गर्छन् । होटलमा मानिसले खोज्ने भनेकै आनन्द र सुविधा हो । विश्वका धेरै होटलहरु आफ्नो शानदार र आनन्दमय सुविधाहरुका लागि परिचित छन् । तर लण्डनको एउटा होटल भय र त्रासदी अनुभवका लागि विश्वभरी नै चर्चामा छ । त्यस होटलका कोठाहरुमा आगन्तुकहरुले सुविधा र सुरक्षाको अनुभुति गर्नुको सट्टा मृत्यु वा शाेसरहको भय अनुभव गर्छन् ।
त्यस होटलमा एक रात बिताउँदा डरको सही अर्थ थाहा पाइने अनुभवकर्ताहरु बताउँछन् । यस्तो असुरक्षा र खतराको बावजूद पनि मानिसहरु त्यस होटलमा किन जान्छन् भन्ने लाग्छ भने थाहा पाइराख्नुहोस् त्यस होटलको पहिचान र विशेषता नै त्यही हो ।
यो होटल एउटा ‘सिरियल किलर’ को कहानीबाट प्रेरित भएर बनाइएको हो । त्यस होटलमा मानिसहरु सुविधा र सुखका लागि नभएर मृत्युको जोखिमपूर्ण अनुभव लिनका लागि जाने गर्छन् । वास्तवमा यो होटल त्यस्ता मानिसहरुका लागि हो, जो जोखिमपूर्ण कुराहरुमा आनन्द लिन्छन् ।
यस होटललाई १९औं शताब्दीको सुरुवातदेखि होटलको रुप दिइएको थियो । जब अमेरिकामा एक सिरियल किलरको कहानी खूब चर्चामा थियो, ती सिरियल किलरले १८९१ देखि १९४९ को बीचमा अमेरिकामा लगभग दुईसय मानिसहरुलाई त्यही होटलको कोठामा हत्या गरेका थिए ।
सिरियल किलरको डरका कारणले मानिसहरु होटलमा बस्न छाडेका थिए । त्यस सिरियल किलरको नाम एच एच होल्मस थियो ।
होल्मस मृत्युको कहानी पनि एकदमै सनसनी थियो त्यसबेला । उनलाई फिलाडेल्फयाको मोयामेंसिग जेलमा १८९६ मा फाँसी दिइएको खबर आएको थियो । तर पछि उनलाई जेलबाट बाँचेर भागेको कुरा बताइयो । त्यसपछि उनले पुनः हत्याको सिलसिला सुरु गरे जसमा उनले दुई सय भन्दा धेरै मानिसहरुको हत्या गरेका थिए । यसपछि संसारभरी उनको नामको त्रास यसरी फैलियो पछि गएर उनको नाममाथि धेरै फिल्म र नाटकहरु मन्चन भए ।
यही कहानी र अवधारणामा आधरीत भएर बनेको लण्डनको ‘हाला होटल’ मा धेरै किसिमका जालहरु तयार गरिएको छ, जसकारण त्यहाँ रात बिताउने हरेकलाई होटलमा कसैले आफ्नो हत्या गर्न चाहिरहेको हरक्षण भय रहन्छ ।








