
काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ)का पाँच उपाध्यक्षहरुले आगामी महाधिवेशनको मिति तोक्न माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।
सोमबार बिहान उनीहरुले नेविसंघको १२ औं महाधिवेशनको वातावरण निर्माण गर्न तत्काल मिति र स्थान तोक्न माग गरेका हुन् ।
उपाध्यक्षहरु प्रकाश राना, खडकबहादुर डाँगी, उर्मिला थपलिया, नविन राई र सागर परियारले नेविसंघका अध्यक्ष नैनसिंह महरले विधि, विधान र सहमति विपरित गरेका सम्पूर्ण असंवैधानिक निर्णयहरु तत्काल खारेज गर्नु पर्ने पनि माग गरेका छन् ।
पाँचै जना उपाध्यक्षहरुले २४ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने र त्यसको जिम्मेवारी पार्टी सभापतिले लिनु पर्ने चेतावनी समेत दिएका छन् ।








