काठमाडौं । बिहीबार बेलुका उडानको क्रममा धावन मार्गबाट अनियन्त्रित हुँदै चिप्लिको मालिन्दो एयरको जहाज धावनमार्गमा तानिएको छ। करिव १२ घन्टा रनवे अवरुद्ध भएपछि विमानलाई धावनमार्गमा तानिएको हो। विमान धावनमार्गमा तानिएपछि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने तयारी भइरहेको छ।
प्रहरी र सेनाको सहयोगमा विमानलाई तानेर अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा ल्याइएको हो।
मालिन्दोको बोइङ ७३७(९०० विमान राति १० बजे क्वालालम्पुरतिर उड्नका लागि रनवे २० बाट टेकअफ गर्ने क्रममा रनवे छाडेर करिब १३५ फिट तल गएर भासिएको थियो। जहाज भासिएपछि सबै यात्रुलार्इ दायाँ साइडको पछाडिको आपतकालीन स्लाइडबाट बाहिर निकालिएको थियो।








