ठूलो दुर्घटनाबाट बच्यो यती एयरलाइन्सको जहाज

काठमाडौं । यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको जहाज एउटा ठूलो दुर्घटनाबाट बचेको छ । २८ जना यात्रुसहित काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरामा अवतरणको क्रममा जहाजको अगाडिको चक्का आफैं लक भएपछि धावन मार्गमै जहाज रोकिएको हो। जहाज पाङ्ग्रा लक भए पछि धावनमार्गमा अड्किए छ। विमान अड्किए पछि पोखरा विमानस्थलमा अहिले आवगमन बन्द गरिएको छ। विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुहरू सुरक्षित रहेको विमानस्थल स्रोतले जनाएको छ।

सम्बन्धित शिर्षकहरु