जनजाति महासंघद्धारा आन्दोलनको घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रमहरु ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले सांस्कृतिक पर्वमा दिंदै आएको बिदा कटौती गर्ने निर्णय प्रति आदिवासी जनजाति महासंघले विरोध जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी महासंघले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले सांस्कृतिक पर्वमा दिने बिदा कटौतीको निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

साथ, निर्णय फिर्ता लिन दबावमुलक कार्यक्रम गरिने सार्वजनिक गराएको छ । ठूलो संघर्षबाट प्राप्त भएको सांस्कृतिक पर्वका सार्वजनिक विदा कटौती गरिएको भन्दै महासंघका अध्यक्ष जगत बरामले निर्णय फिर्ता लिन सरकारसँग माग गरे ।

आन्दोलनका कार्यक्रम अनुसार चैत्र २७ गतेदेखि बैशाख ३ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओली तथा मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने, देशभर विरोध, प्रर्दशन, धर्ना दिने लगायत छन् ।

सम्बन्धित शिर्षकहरु