भदौ २८ । रौतहत,सपनामा देखेको कुरा विपनामा सुनाउँदा एक शिक्षक प्रहरी हिरासतमा पुगेका छन्।
रौतहटको झुनखुनुवामा रहेको यमुनामाई उच्चमाविका विज्ञान विषय पढाउने शिक्षक जयचन्द्र यादव प्रहरी हिरासतमा पुगेका हुन्।
शिक्षक यादवले कक्षा ९ मा पढ्ने एक छात्रालाई सपनामा यौन सम्पर्क गरेको देखेको भन्दै विद्यालयमा गएर ती छात्रासँग सपनाको कुरा सुनाएपछि दुर्व्यवहार भएको दाबी सहित विद्यार्थीले ती शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
शिक्षक यादबले बिहिबार विद्यालयमा सुनाएको कुरा छात्राले अभिभावकलाई जानकारी गराएपछि शुक्रबार शिक्षकलाई विद्यार्थी र अभिभावकले प्रहरी जिम्मा लगाएका हुन् ।
शिक्षक यादव प्रहरी नियन्त्रणमा रहेको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भीम ढकालले दिनुभयो छ ।








