कात्तिक १० । काठमाडौं, विभिन्न राजनीतिक पार्टीहरुले चियापान कार्यक्रम गर्ने क्रममा एकीकृत नेकपा माओवादी नेतृत्वमा गठित २२ दलीय मोर्चाले पनि आज काठमाडौंमा चियापान आयोजना गरिरहेको छ ।
भृकुटीमण्डपमा तय गरिएको यस कार्यक्रममा चियापान तथा शुभकामना भने दिउँसो ३ बजेदेखि मात्र सुरु हुने छ ।
नेपाल राष्ट्रिय सम्वत ११३५, दीपावली, छठ, इद, बलिहाङ तङनाम, ल्होसार लगायतका राष्ट्रिय ya अवसरमा शुभकामना आदान प्रदान गर्न लागिएको मोर्चाले जनाएको छ ।
प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चामा एमाओवादी, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तमलोपा, मधेसी जनअधिकार फोरम, सदभावना पार्टी र संघीय समाजवादी पार्टी संलग्न छन् ।
त्यसैगरी २२ दलीय मोर्चामा तराई मधेस समाजवादी पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, संघीय लिम्बुवान पार्टी, संघीय गणतान्त्रिक समाजवादी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, थरुहट तराई पार्टी, नेपाल पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी, खस समावेसी राष्ट्रिय पार्टी, नेकपा (संयुक्त मार्क्सवादी ), लोक दल, बहुजन समाज पार्टी, लोकतान्त्रिक जनता पार्टी र लोकतान्त्रिक पार्टी रहेका छन् ।





