काठमाडौं । प्रदुषणका कारण उपत्यकासहित केही ठाउँको मौसम धुम्म भएको छ । शहरी क्षेत्रमा प्रदुषण बढ्दै गएको र त्यसको प्रभाव मौसममा देखिन थालेको मौसमविद्ले बताएका छन् । पानीको बाफमा धुवाँ धुलो टाँसिदा धुम्म हुने गरेको मौसमविद् वरुण पौडेलले बताए । उनको अनुसार विहानपख लाग्ने कुुुुहिरो सामान्य हावा चल्दा पनि हट्छ । तर धुलो र धुवाँका कारण धुम्मिएको मौसम खुल्न केहीबेर लाग्छ ।
यस्तै यो वर्ष गर्मी बढ्न सक्ने अनुमान पनि गरिएको छ । अहिलेसम्म आवश्यक्ता अनुसार पानी नपरेकाले भोलिदेखि देशका धेरै ठाउँमा तापक्रम वृद्धि हुने सम्भावना रहेको उनको भनाई थियो । सामान्यतया हिउँदको समयमा ३४ मिलिमिटर पानी पर्नु पर्नेमा अहिलेसम्म २२ मिलिमिटर मात्र पानी परेको छ








