वीरगन्जका ९ जना कोरोना जितेर अस्पतालबाट बिदा भए

काठमाडौं । वीरगन्जको नारायणी अस्पतालबाट कोरोना जितेर ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

नारायणी र गण्डक अस्पतालमा उपचारार्थ ९६ जना संक्रमितमध्ये शनिबार ९ जना डिस्चार्ज भएका अस्पताल स्रोतले जनाएको छ ।

डिस्चार्ज हुनेमा दुईजना पुनः संक्रमण देखिएर रौतहटका १९ वर्षीय युवक र अर्का भारतीय नागरिक समेत रहेका छन् ।

नारायणी अस्पतालमा मात्र अब ६२ जना संक्रमित उपचाररत छन्। डिस्चार्ज हुनेहरु वीरगन्ज महानगरपालिका २ का ३० वर्षीय, वडा नम्बर ३ का ५० वर्षीय, वडा नम्बर १६ का ५१ वर्षीय पुरुष छन्। त्यसैगरी बारा सिम्रौनगढ ४ का ३१ वर्षीय, जितपुर सिमरा १ का ४३ वर्षीय पनि पुरुष नै हुन्।

शनिबार डिस्चार्ज हुनेहरु रौतहट गुजरा नगरपालिका ५ का ३५ वर्षीय, इशनाथ नगरपालिकाका १९ वर्षीय, बृन्दावन नगरपालिकाका २४ वर्षीय पुरुष र तथा ४२ वर्षीय एक भारतीय पनि पुरुष नै हुन्। तीमध्ये दुई जना गत वैशाख १४ गते डिस्चार्ज भई पुनः वैशाख २१ गते भर्ना भएका थिए। अब नेपालभर कोरोना संक्रमितको संख्या ७९ जना पुगेका छन्।

योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७९ पुगेको छ। संक्रमित संख्या भने ५ सय ९१ पुगेको छ। शनिबार साँझसम्म मात्र देशभरबाट ७५ जना संक्रमित थपिएका छन्।

सम्बन्धित शिर्षकहरु