भैरहवा । काठमाडौंबाट २६ यात्री बोकेर भैरहवाका लागि उडेको यती एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतवार यती एयरको विमान चक्का लक भएपछि विमानस्थलको धावनमार्गमै अड्किएको छ ।
जहामा रहेका २६ जना यात्रु र चालक दलका सदस्य थिए । रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४ः४० मा उडेको जुलेट चार्ली विमान ५ः११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि रनवेमा अड्किएको थियोे ।
विमानमा रहेका यात्रु र चालक दलका सदस्यहरु भने सकुसल रहेको रुपन्देही प्रहरीले जनाएको छ । यती एयरको जहाज धावन मार्गमै रोकिएपछि भैरहवा विमानस्थलका सबै उडानहरु स्थगित गरिएका छन् । भोलि काठमाडौंबाट प्राविधिक आएर विमानको चक्का खोलेपछि मात्रै विमानस्थल सञ्चालनमा आउने जनाइएको छ ।








