प्रधानमन्त्री ओलीसँग फोरम सशंकित

काठमाडौं । फोरमसँग मन्त्रालय बाँडफाँड टुंगिनुअगावै प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि फोरमका नेता सशंकित भएका छन् । गत बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर, भोलिपल्टै ओलीले मन्त्रिपरिषद् विस्तार गरे ।

फोरमका एक नेताका अनुसार प्रधामन्त्री ओलीले स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय लिन पनि आग्रह गरेका थिए । तर, फोरमले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा जोड दिएको थियो ।

प्रधानमन्त्री ओलीले भौतिक योजना तथा पूर्वाधार मन्त्रालय आफ्नै पार्टीका रघुवीर महासेठलाई दिइसकेका छन् । नयाँ पत्रिकाबाट । दैनिकमा समाचार छ ।

सम्बन्धित शिर्षकहरु